युपीको चुनावी चलखेल- दारा सिंह र स्वामीसहित दर्जनौं मन्त्री र सांसदले भाजपा छाड्दा योगीलाई झड्का – Nepal Press

युपीको चुनावी चलखेल- दारा सिंह र स्वामीसहित दर्जनौं मन्त्री र सांसदले भाजपा छाड्दा योगीलाई झड्का

एजेन्सी । नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तर प्रदेशका वन तथा वातावरणमन्त्री दारा सिंह चौहानले पदबाट राजीनामा दिएका छन् ।

योगी आदित्यनाथ नेतृत्वको सरकारलाई दुई दिनमा लागेको यो दोस्रो झड्का हो । यसअघि मंगलबार श्रममन्त्री स्वामीप्रसाद मौर्यले राजीनामा दिँदै भारतीय जनता पार्टी (भाजपा)बाट अलग भएको घोषणा गरेका थिए ।

दारा सिंहले पनि मौर्यजस्तै भाजपा नेता आदित्यनाथ सरकारलाई संकटमाा पुर्‍याएका छन् । राज्यपालको नाममा लेखिएको राजीनामापत्रमा दारा सिंहले भनेका छन्, ‘पिछडिएका, अल्पसंख्यक, दलित, किसान र बेरोजगार युवाहरुका लागि घोर पक्षपाती रवैयाका साग पिछडिएको र दलित वर्गको आरक्षणमा खेलवाड भइरहेको छ । त्यसबाट चिन्तित हुँदै उत्तर प्रदेश मन्त्री पदबाट राजीनामा दिएको छु ।’

उत्तर प्रदेशका उप मुख्यमन्त्री केशवप्रसाद मौर्यले मंगलबार स्वामी प्रसाद मौर्यलाई मनाउने प्रयास गरेका थिए । बुधबार उनले दारा सिंहलाई पनि आफ्नो निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेका छन् ।

यता बुधबारै भारतीय जनता पार्टीले वक्तव्य जारी गर्दै कांग्रेस सांसद नरेश सैनी, समाजवादी पार्टीका सांसद हरिओम यादव र पूर्वसांसद धर्मपाल सिंह विजेपी प्रवेश गरेको जानकारी दिएको थियो ।

दारा सिंहले मन्त्री पदबाट राजीनामा दिएपछि समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले ट्वीटरमा लेखेका छन्, ‘हार्दिक स्वागत तथा अभिनन्दन ।’ अखिलेशले स्वामीप्रसाद मौर्यले राजीनामा दिएपछि पनि यस्तै लेखेका थिए ।

उत्तर प्रदेशमा केहि महिनादेखि नै नेताहरुले पार्टी परिवर्तन गर्ने क्रम सुरु भएको हो । विधानसभा निर्वाचनको मिति सार्वजनिक भएपछि त यो क्रम झनै बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर