बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा – Nepal Press

बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा

एजेन्सी । परम्परागत प्रतिस्पर्धी बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ गोलअन्तरले हराउँदै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

साउदी अरवमा खेलिएको खेल बार्सिलोनाका अंशु फातीले नियमित समयको अन्त्यतिर बराबरी गोल गरेपछि अतिरिक्त समयमा धकेलिएको थियो । त्यसपछि रियलका फेडेरिको भाल्भर्डेले निर्णायक गोल गरेका थिए ।

रोमान्चक एक क्लासिको भिडन्तमा तीनपल्ट नै रियलले अग्रता बनाएको थियो । तर भाल्भर्डेको निर्णायक गोलले रियल ३–२ ले विजयी रह्यो ।

बरिमम बेन्जेमाले नियमित समयमा एक गोल र अर्को गोलका लागि पास उपलब्ध गराए । बार्सिलोनाका लुक डी जोङ र फातीले गोल गरे ।

अर्को सेमिफाइनलमा ला लिगाको साविक विजेता एट्लेटिको मड्रिढ र एथ्लेटिको विल्बाओबीच विहीबार खेल हुनेछ । यो खेलको विजेताले रियलसँग शनिबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर