ताला नखोलिए उत्पन्न हुने परिस्थितिप्रति सरकार नै जिम्मेवार हुनुपर्ने कर्मचारी संगठनको चेतावनी – Nepal Press

ताला नखोलिए उत्पन्न हुने परिस्थितिप्रति सरकार नै जिम्मेवार हुनुपर्ने कर्मचारी संगठनको चेतावनी

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले सत्ताको आडमा प्रहरीले संगठनको मूलगेटमा लगाएको ताला तत्काल खोली नियमिति कार्य सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ । संगठनले बुधबार एक विज्ञप्ती जारी गर्दै यस अघि सरकारको सहभागितामा भएको सहमती पछि पनि राज्यबाट भएको हस्तक्षेपले लोकतन्त्रको खिल्ली उडेको ठहर गर्दै यस्तो माग गरेको हो ।

यदि ताला नखोलिए उत्पन्न हुने परिस्थितिप्रति सरकार नै स्वयं जिम्मेवार हुनुपर्ने संगठनका प्रवक्ता प्रभाषप्रसाद साहले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । मंगलबार गृहसचिव टेकनारायण पाण्डेको सहमती र समन्वयमा सुरक्षाकर्मीलाई दिइएको निर्देशन बमोजिम कार्यालय भवनको ताला खोलिएको भए पनि पुनः प्रहरी प्रशासनले दमन गरेर ताला लगाएको संगठनले जनाएको छ ।

‘गृहमन्त्री बालकृष्ण खाँडको ठाडो आदेश भन्दै संगठनका सदस्यमाथी सुरक्षाकर्मीले धरपकड र दुव्र्यवहार गरेर कार्यालय भवनबाटै निकालिएको यस्तो अमानविय कार्यप्रति संगठन घोर निन्दा र भत्सर्ना गर्दछ ।’ संगठनले जारी गरेको विज्ञप्तीमा भनिएको छ । नेपाल निजामती कर्मचारी संगठनको असोज २ गते काठमाडौमा सम्पन्न आठौं केन्द्रीय कार्य समितिको बैठकका सन्र्दभमा उत्पन्न असहज परिस्थितिका कारण संगठन केन्द्रीय कार्यालय भवनमा तालावन्दी भएको थियो ।

तर दुवै पक्षबीच भएको सहमतिबाट दुबै पक्षका तर्फवाट ११ औं राष्ट्रिय अधिवेशन आयोजक समितिका संयोजक केदार प्रसाद देवकोटा र सचिवालय सदस्य रेवन्त गौतमकाबीच भएको सहमतीपछि मंगलबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै विवाद समाधान भएको घोषणा गरिएको थियो ।

सरकारले ट्रेड युनियनको कार्यालयमा ताला लगाउने हर्कत गर्नु जति निन्दा गरे पनि कम हुने संगठनका केन्द्रिय सदस्य केपि खतिवडाले नेपाल प्रेससँग बताए । यो किसिमको बिचित्र संसारमा नेपालमा मात्रै भएको उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर