एमाले संखुवासभाको अध्यक्षमा जीतबहादुर घिमिरे, अरु पदाधिकारी पनि सर्वसम्मत – Nepal Press

एमाले संखुवासभाको अध्यक्षमा जीतबहादुर घिमिरे, अरु पदाधिकारी पनि सर्वसम्मत

संखुवासभा। नेकपा (एमाले) संखुवासभाको जिल्ला अध्यक्षमा जीतबहादुर घिमिरे सर्वसम्मतरुपमा चयन भएका छन् । उनीसँगै अन्य सबै पदाधिकारी र सदस्यहरु पनि सहमतिमै चयन भएका छन् ।

उपाध्यक्षमा कृष्णकुमार तामाङ, सचिवमा खड्ग राई चयन भएका छन् । त्यस्तै दुई उपसचिवमा वाङदावी भोटे र भरत खड्का चयन भएका छन् । पदाधिकारीसहित ९८ सदस्यीय जिल्ला कमिटी बनेको छ ।

जिल्ला अधिवेशन उद्घाटन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर