बहुउद्देश्यीय संघको साधारण सभा रोक्न अन्तरिम आदेश – Nepal Press

बहुउद्देश्यीय संघको साधारण सभा रोक्न अन्तरिम आदेश

ललितपुर । जिल्ला अदालत ललितपुरले नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको ९औं साधारण सभा स्थगित गर्न आदेश दिएको छ ।

संघका सचिव माधवप्रसाद तिमल्सिनाले उपाध्यक्ष र केही पदाधिकारीहरुको बैठकले गरेको निर्णयको हवाला दिदै २९ गते साधारण सभा गर्ने घोषणा गरेका थिए ।

उनले बुधबार बिहान पत्रकार सम्मेलन आयोजना गरी साधारणसभा गर्ने बताएका थिए । संघको नियम विपरित साधारणसभा आयोजना गर्न लागेपछि जिल्ला अदालतले सो साधारण सभा हाललाई नगर्नु÷नगराउनु र यथास्थितिमा राख्न भनि अन्तरिम आदेश दिएको हो ।

आदेशपछि सचिव तिमल्सिना लगायतको समूहले गर्ने साधारण सभा स्थगित भएको छ ।

आदेशमा भनिएको छ– कोभिड संक्रमण तिब्रगतिमा फैलिएको अवस्थालाई दृष्टीगत गरी अर्को सूचना नभएसम्म २५ जना भन्दा बढी भेला गर्न समेत रोक लगाएको अवस्थामा संघको साधारणसभा हाललाई नगर्न आदेश दिएको छ ।

संघका अध्यक्ष भण्डारीले सदस्यताको विषयमा टुङटो लगाउन बाँकी रहेको र र कोभिड महामारीको अवस्थामा साधारणसभा गर्न उचित नभएको जानकारी गराउदै सूचना जारी गरेको अवस्थामा एकपक्षिय रुपमा साधारणसभा गर्न लागेपछि अदालतले अन्तरिम आदेश दिएको उल्लेख गरे । विभागमा उजुरीको किनारा लाग्न बाकी रहेकै अवस्थामा सचिव तिमल्सिनाले अन्य पदाधिकारीको हवाला दिएर सभा गर्न लागि परेका थिए ।

संघले उपाध्यक्ष नारायणभक्त श्रेष्ठ समेतलाई विपक्षी बनाएर मुद्दा दायर गराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर