कर्णाली समाजवादीको सचेतकमा संसदीय समितिकी अध्यक्ष ओली, एमालेको आपत्ति – Nepal Press

कर्णाली समाजवादीको सचेतकमा संसदीय समितिकी अध्यक्ष ओली, एमालेको आपत्ति

सुर्खेत । नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेससभामा अन्तरगतको सामाजिक विकास समितिकी अध्यक्ष रहेकी देवी ओलीलाई दलको सचेतक बनाएको छ । यसप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ ।

‘समितिको अध्यक्ष भनेको साझा हो । त्यो पदको छुट्टै महत्व छ’, एमाले प्रमुख सचेतक गुलावजंग शाहले भने, ‘यो त सभामुखलाइ कुनै दलको प्रमुख सचेतक बनाएजस्तो भयो नि ! यस्ता काम पनि गर्न मिल्छ ?’

उनले संसदीय समिति सबैको साझा भएको बताउँदै कुनै दलको सचेतक भए समितिबाट राजीनामा दिनु पर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर