पूर्वराजदूत शाक्यले बुझाइन् परराष्ट्रलाई प्रतिवेदन – Nepal Press

पूर्वराजदूत शाक्यले बुझाइन् परराष्ट्रलाई प्रतिवेदन

काठमाडौं । इजरायलबाट फिर्ता बोलाइएकी राजदूत अञ्जान शाक्यले आफ्नो कार्यकालको प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएकी छिन् ।

परराष्ट्र मन्त्रालयमा पुगेर उनले सचिव भरतराज पौड्याललाई प्रतिवेदन बुझाएकी हुन् । शाक्यले फेब्रुअरी २०१९ देखि अक्टोबर २०२१ सम्म राजदूतको रुपमा काम गरेकी थिइन् ।

उनकै कार्यकालमा नेपाल र इजरायलबीच कृषि क्षेत्रमा विकासको लागि एग्रिकल्चर सेन्टर्स अफ एक्सिलेन्स इन नेपाल’को द्धिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

कोरोनाभाइरस महामारीको क्रममा सूचना आदानप्रदानको संयन्त्र पनि स्थापना भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर