ट्राफिक महाशाखाको मेसिनबाट ट्राफिक जरिवाना तिर्ने व्यवस्था सुरु – Nepal Press

ट्राफिक महाशाखाको मेसिनबाट ट्राफिक जरिवाना तिर्ने व्यवस्था सुरु

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधवारदेखी ट्राफिक नियम उल्लंघन गरे चालकले तिर्नुपर्ने जरिवाना अनलाईबाट नै भुक्तानी गर्न सकिने भएको छ ।

बुधबार महाशाखाले जरिवानाको रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्था सुरु गरेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधि ‘प्रभु–पेको किअस्क मेसिन’ उद्‌घाटन गरेका हुन् ।

मेसिनको उद्घाटन गर्दै एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रविधिमैत्री बनाउँदै सेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस भन्ने उद्देश्यले यो मेसिनको जडान गरिएको बताए ।

उनले किअस्क मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिन्छ । यसले बैंकमा गएर लामो समय लाईनमा बस्ने झन्झटबाट मुक्त हुने र समयको समेत बचत हुने बताए ।

उनले आम सेवाग्राहिको सहजताको लागी किअस्क मेसिन जडानको लागी प्रभु–पेलाई धन्यबाद दिँदै थप ट्राफिक कार्यालयमा सेवा बिस्तार गर्नसमेत सहयोग हुने अपेक्षा व्यक्त गरेका छन् ।

प्रभु–पेका अध्यक्ष कुसुम लामाले ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गरि किअस्क मेसिन जडान गरि सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गरे ।

उनले यो मेसिनले बैंकिङ् कारोबार बन्द भएको समयमा समेत सेवा दिने हुनाले ट्राफिक जरिवाना तिर्ने सेवाग्राही बढि लाभान्वित हुने समेत बताए ।

हाल ट्राफिक महाशाखासहित उपत्यकामा ३ सय नौ स्थानमा प्रभु–पेको किअस्क मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने र थप सहकार्य गरि अन्य ट्राफिक प्रहरी कार्यालयमासमेत जडान गर्दै जाने अध्यक्ष लामाले बताए ।

महाशाखाले शुरुवाती चरणमा ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा ट्राफिक जरिवाना तिर्ने गरेको थियो ।

कसरी तिर्ने मेसिनबाट जरिवाना ?

सेवा लिन प्रभु–पेको किअस्क मेसिनमा रहेको ट्राफिक प्रहरीको लोगोमा क्लिक गरी स्क्रिनमा देखिने चिट नम्बर र आर्थिक वर्ष टाइप गरी नेक्स्ट वटन थिच्ने ।

त्यसपछि देखिने चिट नम्बर लगायतको सूचना चेक गरी नेक्स्ट वटनमा थिचेर तिर्नुपर्ने रकम मेसिनमा हालेर भुक्तानी गर्ने । भुक्तानी सफल भए पश्चात प्रिन्ट भएको रसिदसहित ट्राफिक कार्यालयमा गई आफ्नो कागजपत्र लिन सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर