रिले अनसनप्रति ऐक्यवद्धता जनाउन केएमसी पुगे सत्तारुढ गठबन्धनका विद्यार्थी नेता – Nepal Press

रिले अनसनप्रति ऐक्यवद्धता जनाउन केएमसी पुगे सत्तारुढ गठबन्धनका विद्यार्थी नेता

काठमाडौं । महंगो शिक्षण शुल्क उठाएको विरोधमा विभिन्न मेडिकल कलेजविरुद्ध अध्ययनरत विद्यार्थीले जारी राखेको आन्दोलनमा सत्तारुढ गठबन्धन निकट विद्यार्थीं संगठनका नेताहरुले ऐक्यवद्धता जनाएका छन् ।

आन्दोलनरत विद्यार्थीहरुप्रति ऐक्यवद्धता जनाउने क्रममा बुधबार संयुक्त गठबन्धनका नेताहरु काठमाडौं मेडिकल कलेजमा पुगेका हुन् ।

विराटनगरमा रहेको नोवेल मेडिकल कलेज र काठमाडौंमा रहेको काठमाडौं मेडिकल कलेजमा महंगो शुल्क लिएको भन्दै विद्यार्थीहरु रिले अनसनमा छन् ।

यसबारे संयुक्त विद्यार्थी गठबन्धनले हिजो गृहमन्त्री र शिक्षा मन्त्रीको समेत ध्यानाकर्षण गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर