दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि हुँदै – Nepal Press

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि हुँदै

काठमाडौं । पछिल्लो समय सबै दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भइरहेको छ । अब दूधको मूल्य पनि प्रतिलितर एकैपटक १० रुपैयाँ वृद्धि हुने भएको हो ।

हाल प्रतिलितर दूधको मूल्य ७६ रुपैयाँ रहेकोमा अब १० रुपैयाँ मूल्य बढेर ८६ रुपैयाँ पुग्नेछ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले दूधमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डका प्रवक्ता डा. बालक चौधरीले प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धिका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको बताए ।

यसभन्दा पहिले २०७३ सालमा प्रतिलिटर ६ रुपैयाँ दूधको मूल्य वृद्धि भएको उनले बताए ।

बोर्डले सिफारिस गरेको मूल्यमा मन्त्रालयले छलफलग गरेर नयाँ दूधको मूल्य कायम हुने चौधरीले जानकारी दिए ।

१० रुपैयाँ मूल्य वृद्धि हुँदा ७ रुपैयाँ प्रति लिटर कृषकलाई र ३ रुपैयाँ उद्योगीलाई जानेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर