राजनीतिक पूर्वाग्रहको तारो बनेका खनाल लुम्बिनी स्वास्थ्य सचिव सिफारिस – Nepal Press

राजनीतिक पूर्वाग्रहको तारो बनेका खनाल लुम्बिनी स्वास्थ्य सचिव सिफारिस

रूपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालमा पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल लुम्बिनी स्वास्थ्य सचिवमा सिफारिस भएका छन् ।

पटक-पटक मन्त्रीको निशानामा परेर प्रदेश अस्पतालको जिम्मेवारीमा हटाइए पनि जनदबाबमा उनलाई पुन: फर्काइएको थियो ।
खनाललाई लुम्बिनीका पूर्वस्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले पटकपटक हटाउने प्रयास गरेका थिए । सरकारबाट बाहिरिने दिन खनाललाई हटाउने मन्त्रीपरिषदबाट निर्णय गरेपनि त्यहाँबाट नहटठाउन दबाब बढेपछि उनी प्रादेशिक अस्पतालमा काम गरिरहेका थिए ।

गठबन्धन सरकारका स्वास्थ्यमन्त्री इन्द्रजित थारूको सिफारिसमा मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाको योजनामा खनाललाई बढुवा भन्दै बाहिर पठाउने काम गरियो । स्थानीय नेताको तारो बनेका उनी फेरि लुम्बिनी फर्केका छन् ।

संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै खनाललाई लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य सचिवको जिम्मेवारी दिएका छन् ।

‘मैले आमनागरिकको पक्षमा काम गर्ने हो, मलाई किन खेदियो भन्नेका पछि लाग्दिनँ उनीहरूलाई पनि आवश्यकता महसुस हुनेगरी काम गरेर देखाउँछु’, खनालले भने ।

अहिलेका सचिव डा. विकास देवकोटालाई मन्त्रालय तान्नका लागि सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर