अनिल कपुर र रणवीरको फिल्म ‘एनिमल’मा अभिनय गर्दै बिपिन कार्की – Nepal Press

अनिल कपुर र रणवीरको फिल्म ‘एनिमल’मा अभिनय गर्दै बिपिन कार्की

काठमाडौं । रणवीर कपुर, अनिल कपुर, परिणिती चोपडा र बबी देओल स्टारर बलिउड फिल्म ‘एनिमल’मा नेपाली अभिनेता बिपिन कार्कीले समेत अभिनय गर्ने भएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै अभिनेता कार्कीले सुटिङको लागि आगामी अगस्टमा आफूलाई मुम्बईमा बोलाइएको बताए । ‘जुलाईदेखि अगस्टसम्म मलाई बोलाइएको छ’ कार्कीले भने, ‘यसलाई मैले महत्वपूर्ण अवसरको रुपमा पनि लिएको छु ।’

छोटो भूमिका भएपनि आफ्ना लागि यो फिल्म महत्वपूर्ण हुने कार्कीले बताए । ‘अगस्टमा बोलाइएपनि सुटिङ तालिका कोरोनाभाइरस महामारीमा निर्भर हुनेछ देखेको छु’ उनले भने ।

कार्कीका अनुसार रणवीरको मुख्य भूमिका भएपनि फिल्ममा चाहिँ उनले अनिल कपुरसँग स्क्रिन सेयर गर्नेछन् ।

‘कविर सिंह’ फेम्ड सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने उक्त फिल्मको अहिले दोस्रो सेड्युलको सुटिङ चलिरहेको छ । आगामी अगस्ट ११, २०२३ मा एनिमलको प्रदर्शन मिति घोषणा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर