प्रदेश २ को अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा अन्सारी – Nepal Press

प्रदेश २ को अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा अन्सारी

जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा सतार अन्सारीलाई नियुक्त गरेको छ ।

अन्सारी सर्लाहीका हुन् । कार्यकारी निर्देशकका लागि अन्सारी, सप्तरीका रोहितकुमार यादव र रौतहटका गौरीशंकर साह सिफारिस भएका थिए । तर बढी अनुभव रहेको भन्दै प्रदेश सरकारले अन्सारीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

जनप्रतिनिधिदेखि कर्मचारी समेतलाई प्रशिक्षण दिएर प्रदेशको क्षमता अभिवृद्धि गर्न सरकारले जनकपुरको मुजेलियामा प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र स्थापना गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहतमा रहने यो कार्यालय विगतमा संघीय सरकारको मातहतमा थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर