माछापुच्छ्रे बैंकद्वारा लैनचौर प्रहरी वृत्तलाई सडक ब्यारीगेट सहयोग – Nepal Press

माछापुच्छ्रे बैंकद्वारा लैनचौर प्रहरी वृत्तलाई सडक ब्यारीगेट सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी वृत्त लैनचौरलाई तीनवटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमबीच बैंकका वागमती प्रदेश प्रमुख निरजमान सैजुले ती सामग्री हस्तान्तरण गरे । कार्यक्रममा महानगरीय प्रहरी वृत्त लैनचौर सोहृखुट्टेका प्रमुख डीएसपी दुर्गाप्रसाद दाहाल पनि उपस्थित थिए ।

बढ्दो सडक दुर्घटना र सडकमा हुने विभिन्न प्रर्दशनहरूलाई मध्यनजर गर्दै सर्वसाधारणको सुरक्षाको लागि सडक ब्यारिगेट हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर