डा. लोहनीलाई वीर अस्पताल प्रवेश गर्न नदिन कर्मचारी प्रदर्शनमा उत्रिए – Nepal Press

डा. लोहनीलाई वीर अस्पताल प्रवेश गर्न नदिन कर्मचारी प्रदर्शनमा उत्रिए

काठमाडौं । स्वास्थ्य मन्त्राालयले कोभिड युनिफाइड (वीर अस्पताल) को प्रशासकीय प्रमुखमा सरुवा भएका डा. गुणराज लोहनीलाई हाजिर हुन नदिने भन्दै वीरका कर्मचारीले विरोध प्रदर्शन गरेका छन् ।

अस्पतालबाहिरका व्यक्तिले भित्रको समस्या बुझ्न नसक्ने भन्दै कर्मचारी प्लेकार्डसहित प्रदर्शमा उत्रिएका हुन् । उनीहरूले सरुवा बदर गर्न र वीर अस्पतालमा वीरकै नेतृत्व कायम राख्न माग गरेका हुन् ।

राष्ट्रियसभा निर्वाचनको आचारसंहिताका कारण पुरानो मिति राखेर लोहनीलाई वीरमा सरुवा गरिएको र १२ औं तहका विशिष्ठ श्रेणीका अधिकृतको सरुवामा प्रधानमन्त्रीलाई जानकारीसमेत नभएको कर्मचारी संघका नेताहरूको आरोप छ । लोहनी माओवादी केन्द्रका स्वास्थ्य विभाग सदस्य पनि हुन् ।

वीर अस्पताल कर्मचारी संघले ५ महिनामात्र जागिर अवधि रहेका लोहनी वीर अस्पतालको सुधारका विरोधी रहेको र अहिले अर्बौंको स्वास्थ्य सामग्री खरिदको उद्देश्यले मात्र मन्त्री रिझाएर आउन लागेको भन्दै अस्पतालमा प्रवेश नदिने चेतावनी कर्मचारीको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले मंगलबारमात्र लोहनीलाई वीरको १२ औं तहको प्रशासकीय प्रमुखका सरुवा गरेका थिए । यसअघि जागेश्वर गौतमलाई त्यहाँबाट हराएर डा.भुपेन्द्र बस्नेतलाई निमित्त दिइएको थियो ।

बस्नेत आएपछि अस्पतालमा सुधार भइरहेका बेला अस्पतालबाहिरबाट आउने प्रमुखलाई स्वीकार नगर्ने कर्मचारी संघको भनाइ छ । १२ औं तहमा बढुवा हुनेवित्तिकै मन्त्रालयले वीरमा पठाउन खोज्दा नमानेका लोहनी अहिले अर्बौंको बजेट निकासा हुने बेलामा सरुवा लिएर आउनुमा नियत ठीक नभएको उनीहरूको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर