करिब १० किलो चाँदीसहित एकजना पक्राउ – Nepal Press

करिब १० किलो चाँदीसहित एकजना पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका ५ बाट पौने १० किलो चाँदीका गरगहना र लाखौं रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको ईटहरी उपमहानगरपालिका ५ शिवालय टोलका ३० वर्षीय कुमार खाती छन् । प्रदेश नं. १–०२–०४५ प. ८२७ नम्वरमा चढेका उनीमाथि शंका लागेर प्रहरीले चेकजाँच गर्दा ९ किलो ७६७ ग्राम अवैध चाँदी भेटेपछि उनलार्य पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनको साथबाट ब्रास्लेट नगदार १८४ थान, वालिया २५ थान, लौकेट नगदार ८५ थान, लेडिज औठी नगदार ६८ थान, सुलीको टुक्रा पुरानो ४ थान, सिल टुक्रा ७ थान र चाँदीका बुनिया दाना १ प्याकेट बरामद भएको छ ।

प्रहरीका अनुसार खानतलासी गर्दा खातीले पिठयूमा बोकेको कालो रंङ्गको झोलाबाट बरामद चाँदीका गरगहना ७ लाख ८३ हजार २९८ रुपैयाँको रहेको छ । उनको साथबाट नगद १ लाख १२ हजार ६०० रुपैयाँ समेत बरामद भएको छ ।

चाँदी, मोटराइकल र नगद गरी ११ लाख ९५ हजार ८९८ रुपैयाँको समान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जीतेन्द्र बस्नेतले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर