जाजरकोट एमाले : आधा मत गन्दा खिमबहादुर अगाडि – Nepal Press

जाजरकोट एमाले : आधा मत गन्दा खिमबहादुर अगाडि

जाजरकोट । नेकपा एमाले जाजरकोटको जिल्ला नेतृत्व चयनका लागि भएको मतदानको गणना जारी रहेको छ । कुल ४३३ मत खसेकोमा अहिलेसम्म २५० मतगणना भएको छ ।

अध्यक्षका प्रत्यासी खिमबहादुर शाही १३१ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार करबिर शाहीले ११३ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यषमा गोपाल बहादुर बटाला १३४ मत ल्याउँदा नवराज सिंहले १०२ मत ल्याएका छन् ।

सचिवमा वीर बहादुर गिरि १३३ मतका साथ अगाडी छन् । प्रतिद्वन्दी नर बहादुर खत्रीले ९८ मत ल्याएका छन् ।

यस्तै उपसचिव दुईपदका लागि भएको निर्वाचन अन्तरगत गोपाल नेपालीले १४९, नरबहादुर बस्नेत १४६, राम बहादुर शाहीले ८० र जयराम न्यौपाने ५९ मत ल्याएका छन् ।

गणना अहिले पनि जारी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर