चीनबाट आज थप १२ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो – Nepal Press

चीनबाट आज थप १२ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । कोभिडविरुद्धको झन्डै १२ लाख डोज भेरोसेल खोप आज चीनबाट काठमाडौं आइपुगेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा भेरोसेलको ११ लाख ८४ हजार मात्रा खोप आएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विभागका आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार नेपालले अहिलेसम्म भेरोसेल, कोभिसिल्ड, अस्ट्राजेनेका, फाइजर, मोर्डना, जोनसनसहितको चार करोड ३ लाख ८७ हजार ९२७ मात्रा खोप प्राप्त गरेको छ ।

सरकारले खोप अभियान सुरु भएदेखि अहिलेसम्म दुई करोड ६४ लाख पाँच हजार २१० मात्रा खोप लगाएको छ । जसमा लक्षित समुहले ७६.२ प्रतिशतले एक मात्रा र ५६.४ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

कूलजनसंख्याको ४९.९ प्रतिशतले एक मात्रा र ३७ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । सरकारले माघ दोस्रो सातादेखि बुस्टर डोज अभियान सुरु गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया

One thought on “चीनबाट आज थप १२ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

  1. जति खाेप आए पनि सिरिन्ज व्यवस्था गर्न नसकेर खाेप नलगाउने निकम्मा सरकार र त्यसका स्वास्थ्यमन्त्री ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर