पीएम कप क्रिकेट : गण्डकीविरुद्ध प्रदेश नम्बर २ को जित – Nepal Press

पीएम कप क्रिकेट : गण्डकीविरुद्ध प्रदेश नम्बर २ को जित

काठमाडौं । गण्डकी प्रदेशलाई २ विकेटले पराजित गर्दै प्रदेश–२ ले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

मुलपानी क्रिकेट मैदानमा मंगलबार टस हारेर बलिङ गरेको प्रदेश–२ लाई गण्डाकीले १ सय १७ रनको लक्ष्य दिएको थियो । प्रदेश नम्बर दुईले १८ ओभर १ बलमा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

प्रदेश–२ का लागि ओपनर अर्जुन कुमालले ३९ बलमा ६ चौकासहित सर्वाधिक ४१ रनको योगदान गरे । यस्तै, सन्दीप क्षेत्री २४ बलमा २७ रन र अनिल गुरुङले १० रन जोडेर पेभेलियन फर्कदा विपिन कार्की १० बलमा १० रन बनाएर अविजित रहे । भने अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन ।

गण्डकीको वलिङमा मोहमद आदिल अलामले सर्वाधिक २ तथा जितेन्द्र यादव, हरिशंकर शाह र विवेक यादवले समान १ विकेट लिए ।

यसअघि टस जितेर व्याटिङ रोजेको गण्डाकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १६ रनको योगफल तयार गरेको थियो ।

गण्डकीको लागि कप्तान हसिम अन्सरीले सर्वाधिक २६ रन बनाए । ओपनर सन्तोस कार्की २३ र हरिशंकर शाह १२ रन बनाएर पेभेलियन फर्किएका थिए । हरिशंकर झा १७ रन बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

प्रदेश–२ को वलिङमा कृष्ण पौडेलले सर्वाधिक ३ विकेट लिए भने, सुवास भण्डारी र विशाल पौडेलले समान २ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर