इटहरीमा घोडा चढेका पृथ्वीनारायण शाहसहितको र्‍याली ! – Nepal Press

इटहरीमा घोडा चढेका पृथ्वीनारायण शाहसहितको र्‍याली !

इटहरी । इटहरीमा पनि पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइएको छ । सोक्रममा घोडामा सवार पृथ्वीनारायण शाहको अभिनयसहित इटहरी बजार परिक्रमा गरियो ।

नेपाल एकीकरणमा पृथ्वीनारायणको योगदानको स्मरण गर्दै फरक प्रस्तुतिका साथ एकता दिवस मनाइएको हो ।

पृथ्वी जयन्ती समारोह कार्यक्रमका संयोजक सन्तबहादुर डुम्जनको नेतृत्वमा पन्चेबाजासहितको र्‍यालीमा सहभागीले ‘नेपाल र नेपाली हुनुमा हामीलाई गर्व छ’ भन्दै नारा लगाएका थिए ।

पूर्वपश्चिम र उत्तर-दक्षिण राजमार्ग खप्टिएको छ इटहरी चोक । २०६२/६३ को आन्दोलनअघि त्यो चोकलाई वीरेन्द्र चोक भनिन्थ्यो । वीरेन्द्रको पूर्णकदको सालिक आन्दोलनकारीले फोडे । क्षतिग्रस्त सालिकलाई केही मर्मत गरेर अहिले इटहरीका व्यवसायी बाबुराम प्रधानले इटहरी बसपार्कबाट काठमाडौं जाने लाइनमा रहेको घरमा राखेका छन् ।

दोस्रो जनआन्दोलनसँगै इटहरीमा पृथ्वीजयन्ती मनाउन लगभग बन्द भयो । २०६९ सालबाट पुन: सुरू गरिएको छ । वामपन्थी नेता मोदनाथ प्रश्रितको अभियानमा सहमति जनाउँदै इटहरीका वामपन्थी र लोकतान्त्रिक दुवै खेमाका प्राज्ञिक तथा सामाजिक व्याक्तिहरूले पृथ्वीजयन्ती मनाउन सुरू गरे ।

२०६९ को पृथ्वी जयन्ती मनाउने समितिका संयोजक प्रध्यापक डाक्टर बद्रीविशाल पोखरेल र सहसंयोजक दिलकुमार वन थिए ।
पोखरेल वामपन्थि कित्ताका हुन् भने वन लोकतान्त्रिक ।

पछिल्ला वर्षमा पृथ्वीजयन्तीका कार्यक्रममा नागरिक सहभागिता बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर