बलिउड गायिका कौरले नेपाली गीत गाउने, भन्छिन् : अर्कोपटक पशुपति र पोखरा घुम्न आउँछु – Nepal Press

बलिउड गायिका कौरले नेपाली गीत गाउने, भन्छिन् : अर्कोपटक पशुपति र पोखरा घुम्न आउँछु

काठमाडौं । बलिउड गायिका असिस कौर यसैसाता सांगीतिक कार्यक्रमको लागि काठमाडौंमा थिइन् । दरबारमार्गस्थित क्लब प्लाटिनममा कन्सर्ट गरेपछि उनी स्वदेश फर्किएकी छिन् ।

मुम्बई फर्कनुअघि केही नेपाली संचारकर्मीसँग कुरा गर्दै गायिका कौरले नेपाली गीत गाउने आफ्नो योजना रहेको बताइन् । ‘मैले काठमाडौंमा रहँदा पाएको माया महसुस गर्दा लाग्यो, म पहिले नै नेपाल आउनुपथ्र्यो’ उनले भनिन्, ‘नेपाली गीत गाउने पनि मेरो तयारी छ ।’

केही नेपाली कलाकारसँग यसबारे कुरा भएपनि गायनबारे विस्तृत उनले खुलाइनन् । ‘मैले नेपाली गीत पक्कै गाउनुपर्छ र यसबारे तयारी पनि भएको छ’ उनले भनिन् ।

उनले कोरोनाको स्थितीमा सुधार भए पारिवारिक भ्रमणको लागि आफू पुनः नेपाल आउने र पोखरा भ्रमणमा जाने तयारी भएको बताइन् । ‘कार्यक्रमको तयारीमा लाग्दा मैले पशुपति दर्शन र पोखरा घुम्न जाने समय पाइँन’ उनले भनिन्, ‘अर्कोपटक पक्कै आउनेछु र घुम्नेछु ।’

नेपालमा रहेका गुरुद्धारको भ्रमण गर्ने पनि उनले सुनाइन् ।

गुगल सर्च गरेर आफूले पोखराको सौन्दर्यबारे थाहा पाएको उनले सुनाइन् । आफ्नो गीतमा नेपाली कलाकारले प्रस्तुति दिएको देख्दा हर्षविभोर भएको बताउँदै कौरले आफूलाई माया गर्ने नेपाली देख्दा नेपाल आफ्नै घरजस्तो महसुस भएको उनले सुनाइन् ।

कौरको गीत ‘रात लम्बिया’ नेपाली टीकटक प्रयोगकर्तामाझ अहिले निकै हिट छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर