एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी विजयी – Nepal Press

एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी विजयी

काठमाडौं । नेकपा एमाले दार्चुला जिल्ला अध्यक्षमा प्रेमसिंह धामी विजयी भएका छन् ।

आज सम्पन्न मतगणना अनुसार धामीले ५८८ मत प्राप्त गरे । कुल ७०५ मतदाता रहेको दार्चुलामा अध्यक्षका अर्का प्रत्यासी ज्ञानेन्द्र घर्तीले ९२ मत प्राप्त गरे ।

यस्तै सचिवमा शेरसिंह धामी विजयी भएका छन् । उनले ४२२ मत प्राप्त गरे ।

उपाध्यक्षमा चरन सिंह बुढाथोकी यस अघि निर्वाचित भइसकेका थिए ।

निर्वाैचन समितिका अनुसार उपसचिवमा खडक सिंह बडाल र चन्द्रादेवी कुँवर विजयी भएका छन् । उनीहरुले क्रमसः ३८४ र २७३ मत ल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर