नमुना बन्दै आत्मनिर्भर सहकारी – Nepal Press

नमुना बन्दै आत्मनिर्भर सहकारी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोककै नमुना सहकारीको रुपमा उत्कृष्ट कारोबार गर्दै आएको आत्मनिर्भर बचत तथा ऋण सहकारीले २४ औ बार्षिक साधरण सभा सम्पन्न गरेको छ ।

सुनकोशी गाउँपालिका–६ थुम्पाखरमा रहेको आत्मनिर्भर सहकारीले साविकको थुम्पाखर, ठुलोपाखर, जेठल, सुनखानी र पाँग्रेटर गाउँ विकास समितिलाई आफ्नो कार्यक्षेत्र बनाएर विगत २४ वर्षदेखि स्थानीयको वित्तीय आवश्यकता पुरा गर्दै आइरहेको छ ।

हाल सुनकोशी र लिसंखुपाखर गाउँपालिका कार्यक्षेत्र रेहेको सहकारीमा हाल ३ हजार बढी सेयर सदस्य रहेको सहकारीको अध्यक्ष नमराज सुवेदीले जानकारी दिए ।

सहकारीले बचत ऋण कारोबार सँगै केन्द्रीय बचत तथा ऋण सहकारी संस्था नेफस्कुन सँगको प्राविधिक सहयोगमा लघु वित्त कार्यक्रम समेत सञ्चालन गर्दै आएको अध्यक्ष सुवेदीले जानकारी दिए ।

समूह मार्फत बचत संकलन र ऋण परिचालन गर्दे आएको सहकारीले आफ्नो कार्यक्षेत्र भित्र ४७ लघुवित्त समूहहरु गठन गरेर वित्तीय कारोबार गर्दे आएको सहकारीका अध्यक्ष सुवेदीले जानकारी दिए ।

सहकारीमा हाल २५ सय बढी शेयर सदस्यहरु रहेका छन् र सेयर सदस्यहरुबाट ६३ लाख ६७ हजार ६ सय रुपियाँ सेयर कारोबार सहकारीले गरेको सहकारीका प्रबन्धक विपी प्याकुरेलले जानकारी दिए ।

२० करोड भन्दा बढी कारोबार सहकारीले गत आर्थिक वर्षमा गरेको थियो । सहकारीले १४ लाख ७ हजार रुपियाँ कुल नाफा गरेको प्रबन्धक प्याकुरेलले जानकारी दिए ।

सहकारीले विगत तीन वर्षदेखि आफ्ना सेयर सदस्य लगायत स्थानीयको सुविधालाई ध्यानमा राखेर रेमिट्यान्स सेवा समेत सुरु गरेको छ ।

रोजगारीको लागि विदेशमा रहेका आफन्तहरुले आफ्नो घर छेउकै सहकारी मार्फत रकम पाउँने सुविधा पाउँदा खुसी भएको सहकारीको साधारण सभामा आएका सदस्यहरुले खुसी व्यक्त गरेका थिए । सहकारीमा पुरुष भन्दा पनि बढी महिलाहरुको सहभागीता रहेको छ ।

सहकारीले आगामी वर्षदेखि विद्युतीय कारोबार मार्फत सहकारीलाई प्रविधि मैत्री बनाउने योजना रहेको सहकारीले जानकारी दिएको छ । सबै कारोकार सफटवेयर मार्फत गर्दे आएको सहकारीले आगामी वर्षदेखि सहकारीको छुट्टै एप्स समेत सञ्चालनको तयारी गरेको छ ।

ग्रामीण क्षेत्रमा रहेका सहकारीलाई स्थानीयले आफुले दुःख गरेर आर्जन गरेको थोरै रकम समेत गाउँमा नै बचत गर्ने बानीको विकास भएको प्रबन्धक प्याकुरेलले बताए ।

‘केही दुःख पर्दा आर्थिक समस्या हुन साथ सदस्य ज्युहरु सहकारीमा नै आउनु हुन्छ’, प्रवन्धक प्याकुरेलले भने ‘बाख्रा कुखुरा बिक्री गरेर केही आर्जन भयो भने त्यो पनि सहकारीमा नै जम्मा गर्न आउनु हुन्छ ।’

सहकारीको २४ औ साधरण सभाको अवसरमा सहकारीमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी (विनोद) र वडा नम्बर ६ का अध्यक्ष रामकुमार थापाले उत्कृष्ट कारोबार गर्नेहरुलाई सम्मान गरेका थिए ।

बालबचत तर्फ सम्राट तामाङ,अशल कारोबार तर्फ यज्ञबहादुर भण्डारी, डम्बरकुमारी बस्नेत, पुर्णमाया तामाङ, सीता तामाङ, एलिना तामाङ, दोर्जे लामा, मुकुन्दकुमारी थापा लाई ५ थान शेयर प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

त्यस्तै शेयर खरिद प्रोत्साहन बाट रामकुमार बस्नेत र उत्कृष्ट उपसमिति संयोजक मधुराम कार्कीलाई सम्मान गरिएको थियो ।

सहकारीले गत वर्षदेखि आफ्नै सुविधासम्पन्न भवन निर्माण गरेर कारोबार सुरु गरेको छ । भवन निर्माणका लागि गाउँपालिका र वडा कार्यालयले सहयोग गरेको थियो ।

सहकारी सुनकोशी गाउँपालिका को मात्रै नभएर जिल्लाकै उत्कृष्ट भएकाले गाउँपालिकाको तर्फबाट सधै सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसीले प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै वडा अध्यक्ष थापाले पनि थुम्पखारबासीको सुःख दुःखको साथी सहकारी भएकाले अहिले सबैको आस्थाको एउटा केन्द्रको रुपमा सहकारी स्थापित भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर