मिश्रित निर्वाचनबाट बन्यो एमाले काभ्रेको नयाँ टिम, उपसचिवसहित २६ पूर्व माओवादी निर्विरोध (सूचीसहित) – Nepal Press

मिश्रित निर्वाचनबाट बन्यो एमाले काभ्रेको नयाँ टिम, उपसचिवसहित २६ पूर्व माओवादी निर्विरोध (सूचीसहित)

बनेपा । नेकपा एमाले काभ्रे जिल्लाको दशौं अधिवेशनले अशोक व्यञ्जुलाई निर्विरोध अध्यक्ष चयन गर्दा अन्य पदाधिकारी र अधिकांश सदस्य भने निर्वाचनबाट आएका छन् । काभ्रे एमालेले विद्युतीय मेसिनबाट मतदान गरेको थियो ।

एमालेका जिल्ला अधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने काभ्रे एकमात्र जिल्ला भएको एमाले पोलिटव्युरो सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटाले बताए ।

बास्कोटाले अध्यक्षमा अशोक व्यञ्जु र उपसचिवमा माओवादीबाट एकता प्रक्रियामा एमालेमै बसेकी रिता ढकाललाई सर्वसम्मत बनाउन पहल गरे पनि अन्य पदाधिकारी र सदस्यमा हस्तक्षेप गरेनन् । सबै आकांक्षी गोकुलकै निकट भएकाले स्वतन्त्र प्रतिस्पर्धा गर्न दिइएको थियो ।

सोमवार राति सम्पन्न मतगणना अनुसार उपाध्यक्षमा प्रदेशसभा सदस्य चन्द्र लामा निर्वाचित भएका छन् । त्यस्तै सचिवमा राजन भुर्तेल निर्वाचित भएका छन् भन अर्को एक उपसचिवमा राजकुमार सापकोटाले गोला प्रथाबाट जितेका छन् ।

अध्यक्ष व्यञ्जु धुलिखेल नगरपालिकाका मेयर तथा नगरपालिका संघका अध्यक्ष पनि हुन् । उनी तत्कालीन नेकपा विभाजनपछि अध्यक्ष र सचिव प्रचण्ड माधव पक्षमा लागेका बेला केपी ओली पक्षबाट अध्यक्ष बनेका थिए ।

१० बुँदे सहमतिपछि पनि तत्कालीन एमालेका अध्यक्ष टोकवहादुर वाइबा नेकपा एसतर्फ लागेपछि व्याञ्जुकै नेतृत्वमा अधिवेशन भएको थियो ।

जिल्ला इन्चार्ज बास्कोटाले नेकपा एकता प्रक्रियासँगै एमालेमा रहेका २५ जना पूर्व माओवादी नेताहरुलाई निर्विरोध जिल्ला कमिटी सदस्य चयन गराएर साबिक एमालेहरुबीचमात्र चुनाव गराइएको थियो ।

१०५ सदस्यीय जिल्ला कमिटीमा उपसचिवसहित २६ जना पूर्व माओवादीको प्रतिनिधित्व भएको छ । काभ्रे एमालेको निर्वाचन र सर्वसम्मत प्रक्रियाबाट निर्वाचित कमिटी यसप्रकार छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर