पनौतीको १२ वर्षे मकर मेला नहुने – Nepal Press

पनौतीको १२ वर्षे मकर मेला नहुने

काठमाडौं । काभ्रेको पनौती नगरपालिकामा १ माघदेखि सुरू हुन लागेको १२ वर्षे मकर मेला स्थगित भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति डिसिएमसीको मंगलबार सम्पन्न बैठकले मेला स्थगित गरे पनि २५ जनाभन्दा कम भेला भइ मकर स्नान गर्न भने पाउने निर्णय गरेको छ ।

समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम अधिकारीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसबाहेक बैठकले जिल्लाका १३ वटै स्थानीय तहलाई कोभिड नियन्त्रण गर्न स्वास्थ्य मापदण्डहरू परिपालनामा कडाइ गर्न समेत आग्रह गर्ने निर्णय गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर