राष्ट्रपतिले गरिन् पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण, प्रेम आलेदेखि कमल थापासम्म सिंहदरबार गेटमा (तस्बिरहरू/भिडिओ) – Nepal Press

राष्ट्रपतिले गरिन् पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण, प्रेम आलेदेखि कमल थापासम्म सिंहदरबार गेटमा (तस्बिरहरू/भिडिओ)

काठमाडौं । आज ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पुगेर पश्चिम गेटअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी छन् ।

यस्तै पर्यटनमन्त्री प्रेम आले र राप्रपाका पूर्वअध्यक्ष कमल थापा पनि माल्यार्पणका लागि सिंहदरबार पुगेका थिए । उच्चपदस्थहरू आउनेक्रम जारी छ ।

केहीबेरमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि माल्यार्पणका लागि सिंहदरबार जाँदै छन् ।

नेपाली सेनाले राष्ट्रपति भण्डारीलाई सलामी गारद अर्पण गरेको थियो । सैनिक टुकडीले पञ्चेबाजा बजाएको थियो ।

विस २०६३ देखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले बिदा दिन कटौती गरे पनि २०७४ मा आएर बिदा दिइएको थियो । पुन: पछिल्ला वर्षमा बिदा हटाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *