संसद् अवरोधबारे छलफल गर्न एमाले तयार छ : उपाध्यक्ष नेम्वाङ – Nepal Press

संसद् अवरोधबारे छलफल गर्न एमाले तयार छ : उपाध्यक्ष नेम्वाङ

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध भएको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार रहेको बताएका छन् ।

इलाममा पत्रकारहरूसँगको भेटमा नेम्वाङले हालसम्म सरकारले औपचारिक पूरा गर्ने काम मात्र गरेको उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले बालकोट गएर एमाले अध्यक्षलाई भेटेपछि केही आशा पलाएको बताए ।

संसद् अवरुद्ध गर्नु रहर नभई बाध्यता भएको र सरकारका लागि संसद् अवरोद्ध हुनु दुर्भाग्य भएको बताए ।

एमालेको १० औँ जिल्ला अधिवेशनबाट विजयी पदाधिकारी तथा जिल्ला सदस्यहरूलाई प्रमाणपत्र वितरणपछि उनले एमसिसी सम्झौतासमेत हाल सरकारमा रहेका दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी) ले नै गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर