इँटाको चाङले थिचेर एक मजदुरकाे मृत्यु, तीन घाइते – Nepal Press

इँटाको चाङले थिचेर एक मजदुरकाे मृत्यु, तीन घाइते

काठमाडौ‌ । सप्तरीको रुपनी गाउँपालिकामा सोमबार इँटाभट्टामा काम गरिरहेको अवस्थामा इँटाको चाङले किचेर एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार काँचो इँटा पकाउन चाङ लगाइरहेका बेला एक्कासी छेउको वाल भत्केर तीन जनालाई किचेको थियो । तीमध्ये रुपनी–६ की ५० वर्षीया जतरीदेवी सरदारको उपचारका क्रममा स्थानीय छिन्नमस्ता अस्पतालमा मृत्यु भएको हो ।

अग्नीसाइर कृष्ण सावरण–४ बस्ने ५० वर्षीय मंगल सदा र भारतको राबेरली जिल्ला घर भएका ४० वर्षीय रमेशकुमार लौउदीको उपचार भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर