आशिफ र प्रदिपको उत्कृष्ट प्रदर्शनमा एपीएफ विजयी – Nepal Press

आशिफ र प्रदिपको उत्कृष्ट प्रदर्शनमा एपीएफ विजयी

काठमाडौं । ओपनर ब्याट्सम्यान प्रदीप ऐरी र आशिफ शेखको उत्कृष्ट प्रदर्शनमा विभागीय टोली एपीएफले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा आएको भएको खेलमा एपीएफले प्रदेश नम्बर २ लाई २४ रन पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको एपीएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रनको योगफल तयार गरेको थियो ।

एपीएफका लागि ओपनर आसिफ शेख ४५ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रन बनाए। यस्तै प्रदिप एेरीले ४८ बलमा ९ चौकसहित ६० रन बनाएका थिए । यस्तै, सन्दीप जोरा १७ रन बनाए ।

प्रदेश २ को बलिङमा रुपेष सिंहले सर्वाधिक ४ विकेट लिए । भने, विवेक यादवले १ विकेट लिए ।

१ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले २० ओभरमा अलआउट हुँदै जम्मा १ सय ३९ रन मात्र बनाउन सक्यो ।

प्रदेश २ का लागि हरिशंकर शाहले २६ बलमा ७ चौकासहित सर्वाधिक ३६ रन बनाए । मोहमद आदिल अलाम १४ बलमा २ चौका र ४ छक्कासहित ३५ रन, सुरज पटेलले १५ रन, विवेक यादव १३ रन जोड्दा कुमार थापा १० रन जोडेर अबिजित रहे । भने, अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ एपीएफका कमल ऐरी, अबिनास बोहरा र भुवन कार्किले समान दुई-दुई विकेट लिए भने, किशोर महत्तो र शरद भेषवाकरले समान एक-एक विकेट लिए र

समूह ‘ए’ र ‘बी’ मा तीन विभागीय र सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको प्रतियोगिता माघ ५ गतेसम्म त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर