सोमबार झन्डै १५ सय संक्रमित थपिए, काठमाडौं उपत्यकामा ८७६ संक्रमण पुष्टि – Nepal Press

सोमबार झन्डै १५ सय संक्रमित थपिए, काठमाडौं उपत्यकामा ८७६ संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १४४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४२९ (८९६५ पीसीआर र २४६४ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका छन् ।

सोही अवधीमा २५५ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ७८५५ पुगेको छ ।

२ लाख १० हजार ५९४ जनाले पछिल्लो २४ घण्टामा कोभिडविरुद्धको खोप लगाएका छन् ।

आज काठमाडौं उपत्यकामा मात्र ८७६ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा ६७५, ललितपुरमा १३६ र भक्तपुरमा ६५ जना संक्रमित थपिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर