पीएम कप राष्ट्रिय क्रिकेट : वागमतीसँग लुम्बिनी ४९ रनले पराजित – Nepal Press

पीएम कप राष्ट्रिय क्रिकेट : वागमतीसँग लुम्बिनी ४९ रनले पराजित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट अन्तरगत वामगती प्रदेशले लुम्बिनीलाई पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा वागमतीले लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको वागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनायो । वामगतीका लागि सुवास खकुरेलले ५३ बलमा ३ चौका र दुई छक्कासहित सर्वाधिक ५१ रन जोडे । यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा १९ रन, इशान पान्डे १३ रन बनाए ।

लुम्बिनीका दुर्गेश गुप्ता र अनिल खरेलले समान २ विकेट लिँदा सिद्धान्त शाही, बासिर अहमेद र ब्रिकम भुषालले समान १ विकेट लिए ।

१ सय १५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको लुम्बिनी १५ ओभर ४ बलमा अलआउट भयो । कृष्ण कार्कीले सार्वधिक १७ रन जोडेको खेलमा लुम्बिनीले ६५ रन मात्रै बनाउन सक्यो ।

वागमतीका लागि नन्दन यादवले सर्वाधिक तीन विकट लिए । रामनरेश गिरि, सुवास खत्री र तिलक भण्डारीले समान २ विकेट लिए । रिजन ढकालले १ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर