महंगो शुल्कलाई लिएर मेडिकल कलेजविरुद्ध जारी आन्दोलनमा ७ विद्यार्थीं संगठनको ऐक्यवद्धता – Nepal Press

महंगो शुल्कलाई लिएर मेडिकल कलेजविरुद्ध जारी आन्दोलनमा ७ विद्यार्थीं संगठनको ऐक्यवद्धता

काठमाडौं । महंगो शिक्षण शुल्क उठाएको विरोधमा विभिन्न मेडिकल कलेजविरुद्ध अध्ययनरत विद्यार्थीले जारी राखेको आन्दोलनमा सत्तारुढ गठबन्धन निकट विद्यार्थीं संगठनले ऐक्यवद्धता जनाएका छन् ।

सत्तारुढ विद्यार्थी गठबन्धनमा आवद्ध ७ विद्यार्थी संगठनको सोमबार बसेको संयुक्त बैठकले हिजो विराटनगरमा रहेको नोवेल मेडिकल कलेजमा शान्तिपूर्ण रुपमा आन्दोलनमा रहेका विद्यार्थीहरु गरिएको कुटपिटको पनि विरोध गरेको छ ।

‘हिजो विराटनगर स्थिति नोवेल मेडिकल कलेजमा शान्तिपूर्ण रुपमा आन्दोलनमा रहेका विद्यार्थीहरु माथी कलेज प्रशासनले भाडाका गुन्डाहरु समेत प्रयोग गरि गरिएको आक्रमणको घोर निन्दा र भत्सर्ना गर्दै उक्त आक्रमणमा सम्लग्नहरुलाई र उनीहरु लाई प्रयोग गरि आक्रमण गराउने कलेज संचालकलाई तत्काल पक्राउ गरि कानुनी कार्वाही गर्न जोडदार माग गर्दछौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

नोवेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज र मणिपाल मेडिकल कलेजमा चिकित्सा शिक्षा पढिरहेका विद्यार्थीबाट चर्को शुल्क उठाइएको भन्दै त्यहाँका विद्यार्थी आन्दोलनरत छन् ।

काठमाडौं विश्वविद्यालय अन्तर्गत संचालित नोवेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा रिले अनशनमा रहेका आन्दोलनरत विद्यार्थीहरुप्रति संयुक्त विद्यार्थी संगठन अध्यक्षहरुले भोलि अनशनस्थलमै पुगेर ऐक्यवद्धता जाहेर गर्ने भएका छन् ।

त्यस्तै आन्दोलनरत विद्यार्थीहरुमाथि भएको दमनका विरुद्ध गृहमन्त्री र शिक्षा मन्त्रीको ध्यानाकर्षण समेत गराउने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर