कोभिडले एमसीसी कार्यदलको बैठक प्रभावित – Nepal Press

कोभिडले एमसीसी कार्यदलको बैठक प्रभावित

काठमाडौं । सदस्य नै कोरोनाभाइरस संक्रमित बनेपछि सरकारद्वारा गठित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यदलको बैठक प्रभावित बनेको छ ।

सदस्यमध्येका माओवादी नेता नारायणकाजी श्रेष्ठ संक्रमणपछि स्वास्थ्यलाभ गरिरहेका छन् भने संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि आइसोलेसनमा छन् ।

दुबैजना सदस्य आइसोलेसनमा बसेपछि एमसीसीबारे अध्ययन कार्यदल बैठक बस्न नसकेको हो । सरकारले पुस पहिलो साता एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलको पहिलो बैठक पुस ७ गते बसेको थियो । कोरोनाभाइरस महामारी पुनः बढेपछि कार्यदलको दोस्रो बैठक बस्न सकेको छैन । सत्तारुढ गठबन्धनबीचमा मतैक्य तुल्याएर सुझाव पेश गर्न भन्दै सरकारले कार्यदल गठन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर