नेकपा एसले भन्यो– नेपाली भूमिमा भारतले सडक बनाउनु अवैधानिक – Nepal Press

नेकपा एसले भन्यो– नेपाली भूमिमा भारतले सडक बनाउनु अवैधानिक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेपाली भूमि लिम्पायाधुरा–लिपुलेक क्षेत्रमा सडक बनाउनु अवैधानिक भएको बताएको छ ।

हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानी क्षेत्रबाट मानसरोवर क्षेत्रमा पुग्ने सडक बनाइरहेको बताएका थिए ।

नेकपा एसका विदेश विभाग प्रमुख झलनाथ खनालले एक विज्ञप्ति जारी गर्दैै यो नेपालको सर्वभौमिकतामाथि हस्तक्षेप भएको बताएका छन् ।

खनालले विज्ञप्तिमा नेपाली भूमि रक्षा गर्न आवश्यक कदम चाल्न समेत नेपाल सरकारसँग आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर