एमाले प्यूठानको अध्यक्षमा फराकिलो मतसहित विजय बिष्ट निर्वाचित – Nepal Press

एमाले प्यूठानको अध्यक्षमा फराकिलो मतसहित विजय बिष्ट निर्वाचित

प्युठान । नेकपा एमाले (प्युठान) को अध्यक्षमा विजय बिष्ट निर्वाचित भएका छन् । उनले ३ सय १४ मत ल्याउँदा अर्का उम्मेदवार नेहरसिंह केसीले १७६ मत मात्रै ल्याए ।

त्यस्तै उपाध्यक्षमा २९५ ल्याएर झगबहादुर विश्वकर्मा निर्वाचित भएका छन् । सचिवमा माधव शर्मा २७२ ल्याएर विजयी भएका छन् ।

उपसचिवमा माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोकाले ३ सय ७२ र दिपा घर्तीले ३ सय ८४ मतका साथ विजयी भए । उपसचिवका अर्का प्रत्याशी बिनोद ओलीले १ सय ७१ मत ल्याएका थिए ।

त्यसैगरी खुल्ला दलित सदस्यमा राजेन्द्र गौतमले २७९ र पुर्ख सिंह सुनारले १७६ मत ल्याएर बिजयी भए । निकटम प्रतिद्वन्द्वी गिरबहादुर सुनारले जम्मा ९२ मत ल्याएका थिए ।

जिल्ला पदाधिकारी र खुल्ला दलित सदस्यका लागि शनिबार मतदान भएको थियो । अन्य पद सर्बसम्मत भएको छ । एमाले जिल्ला कमिटी ९० सदस्य रहेकाे छ । शुक्रबार एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अधिवेशन उद्घाटन गरेका थिए ।

विजेताहरुले दिउँसो तीन बजे जिल्ला पार्टी कार्यालयको सभाहलमा सपथ लिने भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर