भोलिबाट विद्यालय बन्द हुने, विश्वविद्यालयका परीक्षा नरोकिने – Nepal Press

भोलिबाट विद्यालय बन्द हुने, विश्वविद्यालयका परीक्षा नरोकिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले मंगलबारबाट विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड १९ संकेट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिसपछि मन्त्रालयले मंगलबारबाट विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

देशभरी कोरोनाको संक्रमण तीव्ररुपमा फैलिएको ओमिक्रोन भेरियन्ट पनि पुष्टि भएकाले आधारभुत तथा माध्यमिक विद्यालय बन्द गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बताए ।

विद्यालयहरुले दिने वार्षिक विदामा मिलान गर्नेगरी पुस २७ बाट माघ १५ गतेसम्म विदा दिने निर्णय भएको उनले बताए ।

यस्तै मन्त्रालयले १२ वर्षदेखि १७ वर्ष उमेस समूहका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन समेत आग्रह गरेको छ ।

विद्यालयहरु बन्द भएपनि पूर्वनिर्धारित परीक्षाहरु भने सञ्चालन हुने भएका छन् ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै पूर्वनिर्धारित सेमेष्टर र वार्षिक परीक्षा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर