सुदूरपश्चिमलाई २ रनले हराउँदै पुलिसको विजयी सुरूआत – Nepal Press

सुदूरपश्चिमलाई २ रनले हराउँदै पुलिसको विजयी सुरूआत

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई २ रनले पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरूआत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले दिएको ९४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९३ रनमात्र बनाउन सफल भयो ।

टस जितरे फिल्डिङ रोजेको सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले सर्वाधिक २७ रन जोडे । नारायण जोशीले २२ रन, खडक बोहराले १३ बाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

यस्तै, पुलिसको बलिङमा आरिफ शेखले ४ ओभरमा ९ रन खर्चिदै सर्वाधिक ४ विकेट लिए । करण केसी, दीपेन्द्र सिंह ऐरी र पवन सरार्फले समान १ विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९३ रनको योगफल तयार गरेको थियो ।

पुलिसका लागि कुशल भुर्तेलले ३८ बलमा सर्वाधिक २१ रन बनाए । यस्तै, पवन सरार्फले १६ बलमा २० रन जोडे । आरिफ सेख १० रन बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

सुदूरपश्चिमको बलिङमा नारायण जोशी र आदित्य महताले सर्वाधिक ३/३ विकेट लिए । यस्तै, शेर मल्लले २ विकेट लिए ।

समूह ‘ए’ र ‘बी’ मा तीन विभागीय र सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको प्रतियोगिता माघ ५ गतेसम्म त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर