मधेश आन्दोलनका ५७ शहीद परिवारलाई ३-३ लाख दिँदै प्रदेश सरकार – Nepal Press

मधेश आन्दोलनका ५७ शहीद परिवारलाई ३-३ लाख दिँदै प्रदेश सरकार

जनकपुरधाम । प्रदेश २ सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साहले मधेश आन्दोलनका शहीद परिवारलाई आर्थिक सहयोग गर्ने तयारी भइरहेको बताएका छन् ।

सप्तरीमा आयोजित एक कार्यक्रममा उनले मधेश आन्दोलनका ५७ शहीद परिवारलाई ३ लाखका दरले सहयोग गर्न लागेको जानकारी गराए । माघ ५ गते ती परिवारलाई आर्थिक सहयोग गर्ने गरी गृहकार्य भइरहेको उनको भनाइ छ ।

घाइतेहरूलाई पनि सहोग गरिने भन्दै उनले भने, ‘घाइतेको अवस्था हेरेर २५ हजारदेखि ३ लाखसम्म आर्थिक सहयोग गर्ने निर्णय भएको छ ।’

२०६३ माघ ५ गते लहानमा रमेश महतो मारिएको सम्झनामा हरेक वर्ष माघ ५ गते लहानमा मधेशवादी दलले बलिदानी दिवस मनाउँदै आएको आएका थिए । यसवर्ष भने राजविराजमा दिवस मनाउने साहले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर