‘पुष्पा’ बन्यो महामारीयता नेपालमा धेरै कमाउने फिल्म : चौंथो सप्ताहन्तसम्म १२ करोड ग्रस – Nepal Press

‘पुष्पा’ बन्यो महामारीयता नेपालमा धेरै कमाउने फिल्म : चौंथो सप्ताहन्तसम्म १२ करोड ग्रस

काठमाडौं । अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा : द राइज’ कोरोना महामारीयता नेपाली बक्सअफिसमा सर्वाधिक कमाउने फिल्म बनेको छ ।

नेपाल प्रेसलाई प्राप्त विवरणमा सुकुमार निर्देशित फिल्मले चौंथो सप्ताहन्तसम्म झन्डै १२ करोड रुपैयाँ ग्रस कमाइ गरेको छ । यो फिल्मलाई दोहोर्‍याएर हेर्ने दर्शक पनि बढेका छन् ।

हलिउड फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ले तीन सातासम्म नेपाली बक्सअफिसमा झन्डै ७ करोड ग्रस कमाएको छ । ‘स्पाइडरम्यान’को तुलनामा पुष्पाको हलसंख्या दोब्बर थियो ।

बलियोे वर्ड अफ माउथको प्रभावले फिल्मले क्रमशः पिकअप लिँदै आएको थियो । पुष्पाले विश्व बक्सअफिसमा चौंथो सप्ताहन्तसम्म ३२५ करोड ग्रस कमाइ गरेको छ ।

पुष्पा र स्पाइडरम्यानले कोरोनाले थलिएको नेपाली बक्सअफिसलाई चलायमान बनाउन भूमिका खेलेका थिए । कोरोनाको तेस्रो लहरले हलहरु बन्द नभए पुष्पा र स्पाइडरम्यानले थप कमाइ गर्नसक्ने आशा हल संचालकले गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *