टेनिस स्टार जोकोभिकलाई रिहा गर्न अदालतको आदेश – Nepal Press

टेनिस स्टार जोकोभिकलाई रिहा गर्न अदालतको आदेश

मेलबर्न । अष्ट्रेलियाको अदालतले टेनिस स्टार नोभाक जोकोभिकलाई अध्यागमन हिरासतबाट रिहा गर्न सरकारलाई आदेश दिएको छ । साथै, उनलाई देश निकाला गर्ने सरकारी निर्णयलाई समेत अदालते उल्टाइदिएको छ ।

अदालती आदेशपछि अब जोकोभिक अष्ट्रेलियामै रहन पाउनेछन् । यसैसाता अष्ट्रेलिया सरकारले जोकोभिकले खोप प्रोटोकल पालना नगरेको र उनले अष्ट्रेलिया छाड्नुपर्ने निर्णय गरेको थियो । सरकारको निर्णयलाई जोकोभिकले कानूनीरुपमा चुनौति दिएका थिए ।

न्यायाधीश एन्थोनी केलीले ३० मिनेटमित्रै जोकोभिकलाई हिरासतमुक्त गर्न र राहदानी तथा कागजात फिर्ता गर्न आदेश दिएका हुन् । अदालतको आदेशपछि अष्ट्रेलियन ओपनमार्फत २१ औं पटक ग्रान्डस्लाम टाइटल जित्ने उनको आशा पलाएको छ ।

गत बिहीबारदेखि जोकोभिक सरकारको डिटेन्सन होटलमा थिए । उनका वकिललाई भर्चुअलमाध्यममार्फत पैरवी गर्न अनुमति दिइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर