भारतमा सोमबार १ लाख ७९ हजार संक्रमित थपिए, १४६ जनाको मृत्यु – Nepal Press

भारतमा सोमबार १ लाख ७९ हजार संक्रमित थपिए, १४६ जनाको मृत्यु

दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ७९ हजार ७२३ जना कोभिड-१९ संक्रमित थपिएका छन् ।

सोही अवधीमा थप १४६ जनाको मृत्यु भएको छ । भारतको सक्रिय संक्रमित संख्या ७ लाख २३ हजार ६१९ पुगेको छ ।

४६ हजार ५६९ जना कोरोनाबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा थप ४१० वटा ओमिक्रोन संक्रमित थपिएका छन् । भारतमा अहिलेसम्म ओमिक्रोनका कूल ४०३३ केस पुष्टि भएका छन् ।

आजैदेखि भारतमा बुस्टर डोज पनि दिन सुरु गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर