चितवन एमाले अधिवेशनको चुनावी प्रक्रिया स्थगित – Nepal Press

चितवन एमाले अधिवेशनको चुनावी प्रक्रिया स्थगित

चितवन । नेकपा एमाले चितवनको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल ‘शैलेस’ विज्ञप्ति निकाले अधिवेशनको निर्वाचन कार्यक्रम स्थगित गरेको जानकारी गराएका छन् ।

सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी सीसीएमसीले सिफारिस गरेको साथै कार्यकर्ता र सर्वसाधारणमा कोरोनाको जोखिम बढेकाले अधिवेशन स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सर्वसम्मत नेतृत्व चयनमा सकस परेपछि १ दिन स्थगित गरी आज बन्दसत्र तोकिएको थियो । एमाले चितवनमा नेतृत्वका लागि ४ जना आकांक्षी देखिएका छन् ।

१२० सदस्य जिल्ला कार्यसमितिका लागि ५ सय बढी आकांक्षी देखिएपछि सर्वसम्मत नेतृत्व चयन गर्न सकस परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर