प्रधानमन्त्री कप क्रिकेट- पुलिसले सुदूरपश्चिमलाई दियो ९४ रनको लक्ष्य – Nepal Press

प्रधानमन्त्री कप क्रिकेट- पुलिसले सुदूरपश्चिमलाई दियो ९४ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ९४ रनको विजय लक्ष्य प्रस्तुत गरेकाे छ ।

मूलपानी क्रिकेट मैदानमा सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९३ रनको योगफल तयार गरेको थियो ।

पुलिसका लागि कुशल भुर्तेलले ३८ बलमा सर्वाधिक २१ रन बनाए । यस्तै, पवन सर्राफले १६ बलमा २० रन जोडे । आरिफ सेख १० रन बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

सुदूरपश्चिमको बलिङमा नारायण जोशी र आदित्य महताले सर्वाधिक ३/३ विकेट लिए । यस्तै, शेर मल्ल ले २ विकेट लिए ।

समूह ‘ए’ र ‘बी’ मा तीन विभागीय र सात प्रदेश गरी १० टोलीको सहभागिता रहेकाे छ । माघ ५ गतेसम्म हुने प्रतियोगिता त्रिवि क्रिकेट मैदान र मुलपानि मैदानमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर