बतासको बचाउ गर्दै कमल थापाले लेखेः आध्यात्मिक व्यक्तिको चरित्रहत्या नगरौं – Nepal Press

बतासको बचाउ गर्दै कमल थापाले लेखेः आध्यात्मिक व्यक्तिको चरित्रहत्या नगरौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नारायणहिटी संग्रहालय प्रकरणमा विवादित बनेको बतास समूहको बचाउ गरेका छन् ।

उक्त समुहका प्रमुख आनन्दराज बतासको प्रशंसा गर्दै थापाले उनको चरित्रहत्या भइरहेको गुनासोसमेत पोखरेका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले बतासको बचाउ गरेका हुन् । आनन्दराज बतासलाई उनले सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर उद्यमीरुपमा चिनाएका छन् ।

‘उनी एक आध्यात्मिक विचार भएका मिलनसार व्यक्ति हुन्,’ थापाले लेखेका छन्, ‘उनीबाट कानून उल्लंघन भएको छ भने कानूनी कारवाही गरिनुपर्छ । चरित्रहत्या गर्नु ठीक होइन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर