एमाले बागलुङको अध्यक्षमा हिरा केसी निर्वाचित – Nepal Press

एमाले बागलुङको अध्यक्षमा हिरा केसी निर्वाचित

काठमाडाैं । नेकपा एमाले बागलुङको अध्यक्षमा हिराबहादुर केसी निर्वाचित भएका छन् । तीन जनाबीच भएको प्रतिस्पर्धामा ३ सय २९ मत ल्याएर केसी निर्वाचित भएका हुन् ।

एमाले बागलुङका निर्वाचन अधिकृत राम शर्माका अनुसार अध्यक्षका अर्का प्रत्यासी कृष्ण पाठकले २२८ मत र मेहर सिंह पाइजाले ३४ मत पाएका छन् ।

आइतबार भएको निर्वाचनमा ६३६ मतदातामध्ये ६०२ मत मात्रै खसेको थियो । ११ मत बदर भएको छ। अध्यक्ष, उपसचिव र खुल्ला पुरुष सदस्य गरी जम्मा ३० पदमा निर्वाचन भएको थियो ।

उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुषाल सर्वसम्मत चयन भएका थिए । उपसचिवमा गणेश थापा र डम्मरबहादुर श्रीस निर्वाचित भएका छन् । उनीहरुले क्रमसः २९९ र २२८ मत पाएका थिए । दुई उपसचिव पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो ।

अन्य उम्मेदवारहरु प्रेम लामिछानेले १०७, नेत्र विष्ट ११३, चित्राकला श्रीसले १५९ र राम बहादुर जिसीले १६४ मत पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर