न्युयोर्कको अर्पाटमेन्टमा आगलागीः ९ बालबालिकासहित कम्तिमा १९ जनाको मृत्यु – Nepal Press

न्युयोर्कको अर्पाटमेन्टमा आगलागीः ९ बालबालिकासहित कम्तिमा १९ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको न्युयोर्कस्थित एउटा अपार्टमेन्टमा आगो लाग्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ जना बालबालिका छन् । आगलागीमा दर्जनौं घाईते भएका छन् ।

आइतबारको आगलागीलाई अमेरिकी इतिहासमै खराब मानिएको छ । १९ तले सो भवनको दोस्रो तलाबाट आगो लाग्न सुरु भएको थियो ।

‘आगलागीमा १९ जनाको मृत्यु भएको पुष्टि भएको छ । घाइतेहरुको अवस्था गम्भीर छ,’ न्युयोर्कका मेयर इरिक एडम्सले भने । आगलागीमा परि कम्तिमा ६३ जना घाइते भएका छन् ।

आगलागीपछि २०० जना अग्नि नियन्त्रकहरु आगो निभाउन खटिएका थिए । आगो लागेपछि भवनभित्र फसेका मानिसहरु चित्कारले नजिकको वातावरण भयभीत भएको थियो ।

आगलागीको कारण खुलेको छैन् । सर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले आगलागीबारे अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर