चितवन जिल्ला लिगमा रामपुर र नारायणी विजयी – Nepal Press

चितवन जिल्ला लिगमा रामपुर र नारायणी विजयी

चितवन । चितवन जिल्ला ए डिभिजन लिगमा रामपुर फुटबल क्लब रड्स र नारायणी फुटबल क्लबले पहिलो जित दर्ता गरेका छन् ।

आइतबार भएको पहिलो खेलमा रामपुरले एस्ट्रल युथ सोसाइटीलाई ३-१ ले पाखा लगायो ।

रामपुरको जितमा बिशाल तामाङ, बिशेष तामाङ र समिप ढकालले एक-एक गोल गरे । एस्ट्रलका अभिषेक महतोले एक गोल फर्काए । जितसंगै रामपुरले समूह ुबीु मा तीन अंक बनाएको छ । एस्ट्रल भने अंकबिहिन छ ।

यस्तै आजको दोस्रो खेलमा नारायणीले बगान यात्रा ग्रुपलाई १-० ले पराजित गर्‍यो । नारायणीको जितमा अमृत श्रेष्ठले एक गोल गरे ।

उनले खेलको २२ औं मिनेटमा गोल गरेका थिए । उक्त गोल नै निर्णायक बन्यो । जितपछि नारायणीले २ खेलबाट ३ अंक बनाएको छ । यात्राको पनि दुई खेलबाट समान अंक छ । लिग अन्तर्गत सोमबार पनि दुई खेल हुनेछ ।

सोमबार दिउँसो १ बजे नारायणगढ फुटबल क्लब र नारायणी मोटर्स युनिक क्लब बसेनिबीच खेल हुनेछ । यस्तै दिउँसो ३:३० बजे केबिए ग्लोबल भरतपुर फुटबल क्लब र पानस युवा क्लब भिड्नेछन् ।

लिगमा १३ टोली सहभागी छन् । लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५-२५ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर