एमाले काठमाडौंको अध्यक्षमा दिपक निरौला, पदाधिकारी सबै सर्वसम्मत – Nepal Press

एमाले काठमाडौंको अध्यक्षमा दिपक निरौला, पदाधिकारी सबै सर्वसम्मत

काठमाडौं । नेकपा एमालेको काठमाडौं जिल्ला अध्यक्षमा दीपक निरौला सर्वसम्मत चयन भएका छन् ।

शुक्रबारबाट जारी जिल्ला अधिवेशनले आज नेतृत्व सर्वसम्मत चयन गरेको हो ।

अध्यक्ष निरौला साविक एमाले जिल्ला कमिटी सचिव हुन । उनी बागमती प्रदेशमा एमाले संसदीय दल प्रमुख सचेतक हुन ।

यस्तै उपाध्यक्षमा नवराज पराजुली चयन भएका छन् ।

सचिवमा राजेश शाक्य निर्विरोध भएका छन् । उनी प्रदेशसभा सदस्य हुन ।

यसैगरी उपसचिवमा विन्दु महर्जन र तेज ढकाल चयन भएका छन् ।

सबै पदाधिकारीहरु सर्वसम्मत चयन भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर