भ्याली पब्लिक र जेभियर अन्तर कलेज बास्केटबलको फाइनलमा – Nepal Press

भ्याली पब्लिक र जेभियर अन्तर कलेज बास्केटबलको फाइनलमा

काठमाडौं । आयोजक भ्याली पब्लिक र जेभियर इन्टरनेसनल कलेज प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

कपनको भंगालस्थित भ्यालि पब्लिकको कोर्टमा आइतबार भएको रोमाञ्चक सेमिफाइनलमा भ्याली पब्लिकले साइपाललाई ४९–४६ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा साजन गुरुङ र सक्रिय अधिकारीले समान १५–१५ अंक योगदान गरे ।

खेल सकिन ५६ सेकेन्ड बाँकी छँदासम्म दुवै टोली ४५–४५ को बराबरी स्थितिमा थिए । भ्याली पब्लिकले पहिलो क्वाटरमा ६–५ को अग्रता लियो । दोश्रो क्वाटरमा साइपालले ११–१० को अग्रता बनाउदै खेललाई १६–१६ को बराबरी स्थितिमा पुर्याएको थियो ।

यस्तै, तेश्रोमा क्वाटरमा भ्याली पब्लिकले १९–१३ को प्रदर्शन गर्यो । चौथो क्वाटरमा साइपाल १७–१४ ले अगाडि रहे पनि जित हात पार्न सकेन ।

अर्को सेमिफाइनलमा आभाष गुरुङको १५ अंक सहयोगमा जेभियरले ट्रिनिटीलाई ५२–३४ ले हरायो । चार क्वाटर मध्ये जेभियरले तीन क्वाटरको नतिजा आफ्नो पक्षमा पा¥यो ।

जेभियरले क्रमशः १२–७, ११–१२, १८–८ र ११–७ स्कोर गर्‍यो । फाइनल खेल सोमबार हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर