नेप्से ७३ अंकले वृद्धि, ७ अर्बभन्दा बढीको कारोबार – Nepal Press

नेप्से ७३ अंकले वृद्धि, ७ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । आज नेप्से ७३.०५ अंकले वृद्धि भएको हो । २.७१ प्रतिशतले बढेर सेयर कारोबार २७६५.४७ बिन्दुमा पुगेको हो ।

आज २ सय ३९ वटा कम्पनीको १ करोड ५० लाख ५८ हजार ६ सय २१ कित्ता सेयर किनबेचमा ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५ सय ९१ रुपैयाँको कारोबार भएको छ ।

नेपाल हाइड्रो र हिमालय ऊर्जाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयर मूल्य १०-१० प्रतिशतले बढेको हो ।

अपि पावर कम्पनीको सबैभन्दा धेरै आज २९ करोड २२ हजारभन्दा धेरैको कारोबार भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर